प्रेमकुमार राईले लिए सपथ, आजै पदभार ग्रहण


ओकेजनता डेस्क
२१ माघ २०७७, बुधबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका पदाधिकारीलाई सपथ गराएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा भएको पद तथा गोपनियताको सपथ लिनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त प्रेमकुमार राईलगायत रहेका छन् ।

सपथ ग्रहणपछि आजैबाट उनीहरुले पदभार ग्रहण गर्ने जनाइएको छ । संवैधानिक सुनुवाई नभएको ४५ दिनपछि पदाधिकारी स्वतः नियुक्त हुने व्यवस्था रहेको छ ।

संवैधानिक निकायको नियुक्तिमा असहमति जनाएका सभामुख अग्निप्रसाद सापकोटा भने उपस्थित भएनन् ।

प्रतिक्रिया दिनुहोस्