पूर्व कमाण्डर खामले मागे मन्त्री ! प्रधानमन्त्री ओलीको यस्तो तयारी


ओकेजनता डेस्क
२१ माघ २०७७, बुधबार

काठमाडौं । पूर्व माओवादी लडाकू कालीबहादुर खामले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ठूलो शर्त राखेको रहस्य बाहिरिएको छ । खामले आफूलाई लागेको मुद्धा फिर्ता गराउन र मन्त्री पदमा नियुक्त गर्न भनेपछि प्रधानमन्त्री ओली समस्यामा परेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले त्यो माग पूरा गर्न नसक्ने देखिएपछि खाम सिधै पेरिसडाँडा पुगेको पाइएको छ । यसअघि पूर्व जनमुक्ति सेनाका कमान्डर समेत रहेका खाम र लडाकू लेलिन विष्ट लगायतले प्रधानमन्त्रीलाई भेटेका थिए ।

प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको जनमुक्ति सेनाको जत्थाले उनलाई सहयोग गर्ने हल्ला बाहिरिएको थियो । तर, त्यहाँ डिमान्ड पूरा नहुने देखिएपछि उनीहरु बाहिरिएका छन् ।

प्रधानमन्त्री ओली अहिले पूर्व जनमुक्ति सेना, विप्लव समूह, ससाना कम्युनिष्ट दललाई फकाउन व्यस्त देखिएका छन् । विप्लवलाई प्रधानमन्त्री ओलीले नै प्रतिबन्धित गरेका थिए ।

ओलीको अहिलेको कदम गोहीका आँशु भएको भन्दै केही कम्युनिष्टका नेताले सशस्त्र द्वन्द्वलाई कुहिएको फर्सी भनेको विषयलाई जनमुक्ति सेनाले गहिरो रुपमा बुझ्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्