के विप्लवले ओलीको सन्देश फर्काउलान् ?


ओकेजनता डेस्क
२१ माघ २०७७, बुधबार

काठमाडौं । प्रतिबन्धित नेक्रविक्रम चन्द नेतृत्वको माओवादीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा ल्याउने प्रयास गरेका छन् ।

मंगलबार मात्रै खानेपानी मन्त्री मणि थापाले विप्लवका एक नेतालाई नख्खु कारागारमा भेटेर आएका छन् । अब, विप्लवलाई पनि मुलधारमा ल्याएर आफूसँग मिसाउने ओलीको रणनैतिक योजना रहेको छ ।

हिजो आफैले प्रतिबन्धित गरेको भूमिगत माओवादी विप्लवलाई फकाउने प्रयत्नमा रहेको प्रधानमन्त्री ओलीसँग उक्त समुहले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

विप्लवले लामो समयदेखि आफ्ना बन्दी कार्यकर्तालाई रिहाइ र विभिन्न मुद्धामा फसाइएकालाई उन्मुक्ति दिनुपर्ने बताउँदै आएको छ । अहिले पनि विप्लवले आफ्नो संगठन बिस्तारदेखि अन्य गतिविध गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले मधेस केन्द्रीत राजनीतिक गरिरहेको सिके राउतको समूहले यसअघि मूलधारमा ल्याइसकेका छन् । उनले नेपालका ससाना दलसँग पनि एकताको प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्