माघ २८, २९ र ३० गते सार्वजनिक विदा


ओकेजनता डेस्क
२० माघ २०७७, मंगलवार

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिकाले ल्होसारको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको नगर कार्यपालिकाको बैठकले ल्होसार मनाउनका लागि माघ २८, २९ र ३० गते बिदा दिने निर्णय गरेको हो ।

ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व हो । तामाङ समुदायले ल्होसारका अवसरमा सामाजिक सद्भाव कायम गरी आफन्तजनसँग खुसीयाली मनाउने गर्दछन् ।
तामाङ भाषमा ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने जनाउँदछ । नेपाली पात्रोका अनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होसार अर्थात् नयाँ वर्ष भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्