यसरी हुँदैछ ओली-विप्लव वार्ता, विप्लवका यस्ता शर्त !


ओकेजनता डेस्क
२० माघ २०७७, मंगलवार

काठमाडौं । नेकपा (ओली पक्ष)ले प्रतिबन्धित विप्लप माओवादीलाई फकाएर वार्तामा ल्याउने नीति अख्तियार गरेको छ ।

पछिल्लो समय नेकपा विभाजित भएसँगै आफू बलियो बन्नका लागि ओली पक्षले भरपूर कसरत गरिरहेको छ । मंगलबार मात्रै ओली सरकारका खानेपानी मन्त्री मणि थापाले विप्लवका नेता हेमन्त प्रकाश वलीलाई नख्खु कारागारमा पुगेर भेटेका छन् ।

ओली सरकारले नै प्रतिबन्धित गरेको विप्लव समूह वार्तामा आउँछ त ? अहिले भन्न सकिने स्थिति छैन । वार्तामा आउनका लागि उसले पनि आफ्ना माग अघि सारेको छ ।

बन्दी गराइएका सम्पूर्ण नेता कार्यकर्ताको रिहाइ, लगाइएका आरोप मुद्धाको फिर्ता लगायत माग विप्लप पक्षको छ । यता, विप्लवसँग ओली पक्षले वार्ता गर्न थालेपछि दाहाल–नेपाल पक्ष सशंकित बनेको छ ।

यतिमात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका लडाँकूसँग पनि नियमित जसो भेट थालेका छन् । जनमुक्ति सेनाका पूर्व कमाण्डरलाई ओलीले फकाइरहेका छन् ।

प्रचण्डले युद्ध लडाएर परिवारका लागि मात्रै हेरेको बताउने ओलीले आफू सिंगो जनताको पक्षमा उभिएको दाबी गर्दै आएका छन् । पारिवारिक भन्दा जनताका समस्यासँग लड्नुपर्ने भन्दै सोमबारपनि ओलीले प्रचण्डको खिसीट्याउरी गरे ।

धनुषामा आयोजित कार्यक्रममा ओलीले आफू कसैलाई रुवाउन नभइ हसाउन आएको भन्दै प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्