दाहाल–नेपाल निर्वाचन आयोगमा, आयो यस्तो निर्णय !


ओकेजनता डेस्क
२० माघ २०७७, मंगलवार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष) बहुमतसहित आफूलाई आधिकारिक दाबी गर्न निर्वाचन आयोग पुगेको छ । आफूसँग नेकपाका ३ सय १५ जना केन्द्रीय सदस्यको बहुमत भएको बताएको दाहाल–नेपाल पक्षले पार्टीको नाम, निर्वाचन चिन्ह र झण्डाको दाबी गरेको छ ।

निर्वाचन आयोगमा छलफलपछि दाहाल–नेपाल पक्षले आफ्नो पक्षमा बहुमत भएको भन्दै निर्वाचन आयोगको सकारात्मक प्रतिक्रिया आएको जनाएको छ ।

यसघघि दाहाल–नेपाल पक्ष र ओली पक्षले केन्द्रीय सदस्यको अद्यावधिकका लागि निर्वाचन आयोगमा पत्रसहित पठाएका थिए । आयोगले पुस ५ गतेपछि भएका निर्णयलाई भने मान्यता दिएन ।

उसले नेकपाको ४४१ जना केन्द्रीय सदस्य र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई नै मान्यता दिएको थियो ।

अब निर्वाचन आयोगले कसरी आफ्नो कदम चाल्छ भन्ने आधिकारिक भइसकेको छैन । ओली पक्षलाई पार्टी विभाजनका लागि पनि ४० प्रतिशत सदस्य संख्या नपुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्