संवैधानिक परिषद्को बैठक बोलाइयो, प्रधानमन्त्रीको नयाँ चाल !


ओकेजनता डेस्क
२० माघ २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा नियुक्ति गरेको सिफारिस गरेको फाइल फिर्ता पठाएसँगै बुधबार ११ बजे परिषद्को बैठक डाकेका छन् ।

आजको बैठकमा संवैधानिक नियुक्ति सम्बन्धि छलफल हुनेछ । संवैधानिक निकायमा नियुक्ति भएकाहरुको ४५ दिन पुगिसकेपछि बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री ओलीले यसअघि बहुमत सदस्य नरहने गरी अध्यादेश ल्याएर संवैधानिक नियुक्ति गरेका थिए ।

जसमा प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको मात्रै उपस्थिति थियो ।

नियुक्ति गर्दाका बखत प्रतिपक्षी दलका नेता एवम् कांग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थिति थिए ।

४५ दिन पुगिसकेकाले अबका दिनमा कामकाजको सहजताका लागि संवैधानिक परिषद्को बैठक बस्न लागेको स्रोतले जनाएको छ । यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त प्रेमकुमार राईप्रति सबैको दृष्टि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्