‘मुलुकमा संकटकालको तयारी !’


ओकेजनता डेस्क
२० माघ २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर सत्र साल निम्त्याउन खोजेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आरोप लगाएका छन् ।

विश्वकै उत्कृष्ट संविधान नेपालको रहेको बताउने व्यक्तिले नै संविधान च्यातेको उनको तर्क छ । मुलुकका राजनीतिक दल गलत दिशामा हिड्दाँ विदेशीको चलखेल बढेको भन्दै केसीले सबैलाई सच्चिन समेत आग्रह गरेका छन् ।

सत्र साललाई मुलुकमा निम्त्याएर ओलीले संकटकाल लगाउन खोजेको केसीको आरोप छ । जनताले शान्ती, स्थायित्व चाहेको बताउँदै केसीले पार्टीको विवादले मुलुकलाई खतरामा फाल्न नहुने बताए ।

अबको युग विकासको युग भएको बताउँदै केसीले विकास तर्फ सबै केन्द्रीत हुनुपर्नेमा जोड दिए । नेपाली जनताको आहुतिले ल्याएको व्यवस्थालाई चीरहरण गर्ने प्रयत्न भइरहेको उनको आरोप छ ।

व्यक्ति फेरिएता पनि सिस्टमलाई संस्थागत गर्नुपर्ने उनको तर्क छ ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री ओलीको कूविरुद्ध एकपटक सबै जाग्नुपर्ने बताए । अब मुलुकमा शान्ती होला भनेर जनताले गरेको आशा कुपात्रका कारण निराशामा परिणत भएको लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस्