उषाकिरणले भनिन्, ‘मेरी ममिले आफ्नो घाउ लुकाएर हामीलाई मल्हम लगाउनुभयो’


ओकेजनता डेस्क
२० माघ २०७७, मंगलवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषा किरण भण्डारीले आफ्नो ममिले राजनीतिक दृष्यको बारेमा पहिलेनै आफूलाई बुझाइसकेको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उषाकिरणले भनेकी छन्, ‘राजनीतिमा महिलाहरुलाई घिनलाग्दो आक्षेप लगाउँछन्, पहिलेको समयमा इन्दिरा गान्धीदेखि एंगेला मर्केललाई यस्तै भएको थियो, ममिले भन्नुभएको ।’

उनले अगाडि भनेकी छन्, ‘आमाको मन न हो आफ्नो घाउ देखाउनु भएन, यस्तो घटनाले परेको आहतमा मलम लगाउन र हिम्मत दिन कोशश गर्नुभयो ।’

उनले आफ्नो ममिको बारेमा तथानाम भन्नेहरु पनि दिमागमै स्मरण रहेको बताएकी छन् ।

अहिले रामकुमारी झाँक्रीले सेतो सारी देख्नुभयो, उनलाई सुनाइदिनु हाम्रा दुःख सबै लगेर तपाईंको बहार फर्काइदिनु ।

उनको स्टयाटस यस्तो छ ।

प्रतिक्रिया दिनुहोस्