दाङमा मुख्यमन्त्री शंकर पोखरेलका ज्वाइँ आयोगको अध्यक्षमा


ओकेजनता डेस्क
२० माघ २०७७, मंगलवार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भूमि सम्बन्धि समस्या समाधान आयोगको दाङ जिल्लाको अध्यक्षमा ज्वाँइलाई नियुक्त गरेको भन्दै विरोध शुरु भएको छ ।

दाङ जिल्लाका नवनियुक्त आयोगका अध्यक्ष शिवकुमार आचार्य मुख्यमन्त्री शंकर पोखरेललका ज्वाइँ हुन् । बेला–बेला विवाद तानिने मुख्यमन्त्री पोखरेल यसपाली पनि विवादित बनेका छन् ।

प्रदेशमा अर्थमन्त्रालय आफ्नै नेतृत्वमा लिएको भन्दै उनिमाथि विवाद हुँदए आएको थियो । लामो समय प्रदेशको राजधानी र नामाकरण नभएको प्रदेशले अहिले भने लुम्बिनी नाम र स्थायी मुकाम दाङ पाएको छ ।

सरकारले सोमबार ७७ वटै जिल्लामा आयोगका अध्यक्ष सिफारिस गरेको छ । त्यसैक्रममा दाङमा पनि तीन सदस्यीय समिति चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्