काठमाडौं । सेनाले बख्तरबन्द गाडी सोमबार राति काडमाडौंका सडकमा गुडाएको छ । उसले हातहतियारसहित चक्रपथ क्षेत्रमा गाडी कुदाएको हो ।
आखिर किन बख्तरबन्द गाडी अहिले सेनाले दौडायो भन्ने विषयमा धेरै आंकलन र बहस भएका छन् । तर, सेनाको जंगी अड्डाले यसलाई नियमित अभ्यास भनेको छ ।

सेनाले हालसम्म यसरी बख्तरबन्द गाडी निकालेर सडकमा अभ्यास गरेको थिएन । मुलुक अस्थीर भएको समयमा सेनाको अभ्यासलाई फरक कोणले विश्लेषण गर्नेको पनि उत्तिकै पंक्ति छ ।
यसअघि नै सेनाले नकारात्मक प्रवाभ जानसक्ने भन्दै बख्तरबन्द गाडी सडकमा ल्याउने जनाएको थियो ।
सेना स्रोतले यसलाई नियमित अभ्यास र सैनिक गतिविधिका रुपमा बुझिदिन आम सर्वसाधारणमा अपिल गरेको छ ।