बामदेवले बोली फेरेपछि नेकपामा तरंग !


ओकेजनता डेस्क
२० माघ २०७७, मंगलवार

काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टी विभाजनको कारण दुवै पक्ष उत्तिकै जिम्मेवार रहेको बताएका छन् । एकले अर्कोलाई दोषारोपण र इगो नसाधेको भए नेकपाको हालत यस्तो नबन्ने उनको दाबी छ ।

एक टेलिभिजन अन्तर्वार्ताको सानो अंशमा बोल्दै गौतमले पार्टी विभाजनको मुख्य दोषी प्रचण्ड भएको पनि औँल्याएका छन् । प्रचण्डले पार्टीभित्रै बाटा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध षडयन्त्र गरेको गौतमको भनाइ छ ।

यदि प्रतिनिधि सभान भंग नभएको भए प्रधानमन्त्री ओली फ्याँकिन्थे र झन समस्या पैदा हुन्थ्यो । अहिले विवाद र आलोचनाले समाधान ननिस्कने बताउँदै गौतमले पुनः सबैले आफ्ना गल्ती स्वीकार गर्नुपर्ने बताए ।

नेपाली जनताले विश्वास गरेर दिएको मतको जर्गेना गर्दै मुलुकलाई समुन्नतीको दिशामा अगाडि बढाउनुपर्ने गौतमको तर्क छ । २०७४ सालको निर्वाचनमा नेकपालाई जनताले दुई तिहाइ मत प्रदान गरेका थिए ।

नेकपा तीन वर्ष बित्न नपाउँदै दुई खेमामा विभाजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्