प्रहरी दमनविरुद्ध विद्यार्थी नेता आरती लामाको कडा आक्रोश


ओकेजनता डेस्क
१९ माघ २०७७, सोमबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)को विद्यार्थी संगठनले गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ ।

प्रतिनिधि सभा विघटनका विरुद्ध उत्रिएको विद्यार्थी संगठनका नेताहरुलाई नियन्त्रणमा लिएर लाठी चार्ज गरिएको आन्दोलनमा सहभागी विद्यार्थीले जनाएका छन् ।

सोमबार भएको विरोध र्यालीमा विद्यार्थी नेता एवम् अनेरास्ववियूका केन्द्रीय सदस्य प्रसुन कार्कीलाई प्रहरीले कुटपिट गरेको छ ।

आन्दोलनमा बल प्रयोग भएको भन्दै विद्यार्थी नेता आक्रोशित भएका छन् । विद्यार्थी नेता आरती लामाले सामाजिक सञ्जालमा प्रहरी कदमविद्ध आक्रोश पोखेकी छन् ।

उनले भनेकी छन्, ‘आन्दोलनको मैदानमा कुटाइ खान तयार छौ, तर तिम्रा लाठी र बुट्ले हाम्रो आन्दोलन रोकिदैन ! समातेर लगे पछि निर्मम ढंगले कमरेड प्रसुन कार्की माथीको प्रहार भएको छ, यस घटनाको घोर भत्सर्ना गरि तत्काल कार्वाही गर्न जोड्दार माग गर्दछौं !’

प्रतिक्रिया दिनुहोस्