यसरी प्रस्तुत हुँदैछ दाहाल–नेपाल पक्ष, निर्वाचन आयोग जाँदै


ओकेजनता डेस्क
१९ माघ २०७७, सोमबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)को सोमबार बसेको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको छ । आफ्नो आधिकारिकता दाबी गर्दै दाहाल–नेपाल पक्ष आयोग जान लागेको हो ।

बैठकले राजनीतिक दलको ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गर्दैछ । दुई खेमामा विभाजित भएको नेकपा (दाहाल–नेपाल पक्ष)ले आजबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । दाहाल–नेपाल पक्षले यसअघि प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाल चयन गरेको थियो ।

आजको बैठकले महासचिव विष्णु पौडेललाई समेत पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । यसअघि निर्वाचन आयोगमा दुवै पक्ष अद्यावधिकका लागि गएका थिए ।

आयोगले पुस ५ भन्दा पछिका निर्णयलाई मान्यता नदिइ ४४१ जना केन्द्रीय सदस्यलाई नै आधिकारिकता प्रदान गरेको थियो ।

आयोगले ओली र प्रचण्डलाई नै अध्यक्षको मान्यता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्