नारायणहिटीसँग नतर्सिनुहोस् कमरेड ! : ऐन महर


ओकेजनता डेस्क
१९ माघ २०७७, सोमबार

काठमाडौं । नेकपा (ओली पक्ष)का नेता ऐन महरले नारायणहिटीसँग नतर्सिन दाहाल–नेपाल पक्षका नेतासँग आग्रह गरेका छन् । मुलुकमा राजतन्त्र अन्त्य भएको १२ वर्ष भइसकेको अवगत गराउँदै महरले नारायणहिटी जनताको सम्पत्ति भएको दर्शाउन उक्त स्थलमा कार्यक्रम गर्न लागिएको बताए ।

महरले भनेका छन्, ‘हामिले नारायणहिटी जनताको सम्पती हो भन्ने स्थापित गर्न खोजेको हो ।’

उनले अगाडि थपेका छन्, ‘हाम्रो देशमा राजतन्त्रको अन्त्य भएर लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १२ बर्ष भैसक्यो । नारायणहिटि राजदरबार बाट ऐतिहासिक संग्राहलयमा परिणत भैसक्यो । हामिले नारायण हिटि बाट राजा ज्ञानेन्द्रलाई नागार्जुन पठाएर संग्राहलय बनाइसक्यौं । कमरेड ले महाराजको पाउमा दाम चढाएको धङ्गधङ्गी अझै भएर होला नारायणहिटि संग यसरी तर्सेका । हामिले नारायणहिटि जनताको सम्पती हो भन्ने स्थापित गर्न खोजेको हो ।

सन्दर्भ २३ गतेको नारायणहिटि अगाडिको जनसभा

प्रतिक्रिया दिनुहोस्