प्रचण्डविरुद्ध अवहेलना मुद्धा दर्ता, चारैतिर सनसनी !


ओकेजनता डेस्क
१९ माघ २०७७, सोमबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)का अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

अधिवक्ता समिर बलामीले न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन निवेदन दिएका थिए ।

सर्वोच्च अदालतले वलामीको निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकेको छ ।

प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदको दाबी छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली,पूर्व सभामुख दमनाथा ढुंगाना र चार पूर्व प्रधानन्यायाधीशहरु अनुपराज शर्मा,मीनवहादुर रायमाझी,कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा आफैं लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।

प्रचण्डले शुक्रबार विराटनगरको आमसभामा सारा देशले सुने हुन्छ सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्