छापामार शैलीमा कोठाभाडामा बसेकी १९ वर्षीया युवती बलात्कृत


ओकेजनता डेस्क
१९ माघ २०७७, सोमबार

काठमाडौं । भक्तपुरमा कोठा भाडामा लिएर बसेकी युवती बलात्कार भएकी छन् ।

सर्लाही स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएकी एक १९ वर्षकी किशोरी आफ्नै कोठमा बलात्कृत भएकी छिन् ।

भक्तपुर नगरपालिका वडा नम्बर– १०, कमलविनायकमा कोठा लिई अध्ययनरत युवतीलाई सोही स्थानका एक युवकले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

आफु कोठामा एक्लै भएको समयमा ३१ वर्षका विकास तजलेले एक्कासी कोठाभित्र प्रवेश गरी चुकुल लगाई डर धाकधम्की दिई बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको युवतीले उजुरीमा उल्लेख गरेकी छिन् ।

सामान्य चिनजान भएका तजलेले युवती कोठामा एक्लै भएको मौका पारी बलात्कार गरेको महानगरीय प्रहरी भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

यहि माघ १६ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा दिएको किटानी जाहेरी दरखास्तको आधारमा तजलेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

तजलेलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा पेश गरी यसबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्