काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए ।
दाहाल–नेपाल पक्ष गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ ।
संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ । बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।
यसअघि पुस ७–९ मा बसेको दाहाल–नेपाल पक्षको केन्द्रीय समिति बैठक बसेको थियो ।
त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।