प्रधानमन्त्री ओलीको अर्को चलाखी, २३ गते मान्छे उर्तान यस्तो तिगडम !


ओकेजनता डेस्क
१९ माघ २०७७, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा माघ २३ गते गर्ने जनसभामा मानिस उतार्नका लागि हिन्दु राष्ट्र घोषणा गर्ने भन्दै सूचना प्रवाह गरेको हुनसक्ने एक नेकपा नेताको भनाइ छ ।

यसअघि दाहाल–नेपाल पक्षले जम्मा पारेको भिडभन्दा बढी देखाउन प्रधानमन्त्री ओलीले यो अस्त्र प्रयोग गरेको ती नेताले बताए । नारायणहिटी अगाडि हुन लागेको सभामा हिन्दुराष्ट्र बारे प्रधानमन्त्रीले केही पनि नबोल्ने र बोलिहाले त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने ती नेताले बताए ।

हिन्दुराष्ट्र कायमको माग गर्दै राप्रपा लगायतका दलहरु आन्दोलनरत छन् । उनीहरुले राजासहितको हिन्दुराष्ट्रको माग गरेका छन् । प्रधानमन्त्री ओली पनि मध्यावधि निर्वाचनमा आफ्नो पक्षमा मत तान्न विभिन्न तिगडम गरिरहेका छन् ।

यति मात्रै होइन प्रधानमन्त्री ओलीले निर्वाचनको मुख्य मुद्धा प्रदेश सभा विघटन पनि लैजान सक्ने संकेत छ ।

प्रतिक्रिया दिनुहोस्