इंग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित


ओकेजनता डेस्क
१९ माघ २०७७, सोमबार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । वेस्ट ह्यामको मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे । जर्जिनियो विज्नाल्डमले एक गोल थपे ।

वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए ।

खेलको ६८ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए ।

खेलको ८४ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा वेस्ट ह्यामका डसनले एक गोल फर्काएपनि लिभरपुल ३–१ ले विजयी भयो ।

जितसंगै लिभरपुल लिगको तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले २१ खेलबाट ४० अंक जोडेको छ । वेस्ट ह्याम ३५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्