धनगढीमा ओलीभन्दा दोब्बर समर्थन : डा. रावल


ओकेजनता डेस्क
१८ माघ २०७७, आईतवार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)का नेता एवम् सुदूरपश्चिम प्रदेश इञ्चार्ज डा. भीम रावलले प्रदेश सरकारका रिक्त मन्त्री पदपूर्ति गर्न पार्टीले मुख्यमन्त्रीलाई आग्रह गरेको बताउनुभएको छ ।

कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. रावलले मुख्यमन्त्रीलाई मन्त्री पद पूर्ति गर्न भनिसकेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार मन्त्रालय मन्त्री विहीन रहेका छन् ।

रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन विरुद्ध शनिबार सुदूरपश्चिमबासीले आफ्नो मत जाहेर गरेको बताउनुभयो ।

सुदूरपश्चिमबासी प्रतिनिधि सभा विघटनका विरुद्ध छन् भन्ने शनिबारको सभाले प्रमाणित गरेको रावलको दाबी छ ।

यसअघिको प्रधानमन्त्री ओलीको सभाभन्दा चार दोब्बर बढी सुदूरपश्चिमेलीले ओलीको कदमको विरुद्ध सभामा उपस्थित भएर खबरदारी गरेको रावलको भनाइ छ ।

फरक प्रसंगमा नेता रावलले निर्वाचन आयोगले लोकतन्त्रको मूल्यमान्यता अनुसार बहुमत पक्षलाई न्याय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्