दाहाल–नेपाल माइतीघरमा, आन्दोलन उत्कर्षमा पुग्दै


ओकेजनता डेस्क
१८ माघ २०७७, आईतवार

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा (दाहाल–नेपाल पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल आज माइतीधरमा धर्नामा बसेका छन् ।

देशभरीको आन्दोलनमा सहभागी भएर शनिबार काठमाडौं फर्केका अध्यक्षद्वय धर्नामा सहभागी भएका हुन् ।

धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।
संसद विघटन असंवैधानिक भएको भन्दै दाहाल–नेपाल पक्षले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ ।

धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।

दाहाल–नेपाल पक्षको आन्दोलनले ठूलो रुप लिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्