माइतीघरमा दाहाल–नेपालको उपस्थिति रहने


ओकेजनता डेस्क
१८ माघ २०७७, आईतवार

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा (दाहाल–नेपाल पक्ष)ले थालेको आन्दोलनले उत्कर्षको रुप लिन थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनका विरुद्ध देशव्यापी रुपमा विरोध जनसभा गर्दै आएको दाहाल–नेपाल पक्षले आगामी दिनमा आन्दोलनलाई सशक्त बनाउँदै लैजाने जनाएको छ ।

आज माइतीघर मण्डलामा दाहाल–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सहभागिता जनाउँदै छन् । सर्वोच्चको निर्णयलाई कुरिरहेको दाहाल–नेपाल पक्षले आगामी कार्यक्रम केही समयपछि सार्वजनिक गर्ने जनाएको छ ।

नेकपा दाहाल–नेपाल पक्षका नेता विष्णु रिजालले सामाजिक सञ्जाल फेसकुकमा लेख्दै भनेका छन्, ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेजीको मागसहित माइतीघरमा जारी धर्नामा आज १२ बजे नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुँदै हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्