दुर्घटनामा मानबहादुर र गोविन्दको मृत्यु


ओकेजनता डेस्क
१८ माघ २०७७, आईतवार

काठमाडौं । कैलालीमा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

कैलालीको घोडाघाडी नगरपालिका वडा नम्बर १० मा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा छन् ।

म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल गएराति ११ बजेतिर ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते गोविन्द र मानबहादुरको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालकलाई सुक्खड प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्