८ कक्षामा पढ्ने युवती गर्भवती भएपछि आत्महत्या गरेको खुलासा


ओकेजनता डेस्क
१८ माघ २०७७, आईतवार

काठमाडौं । पछिल्लो समय विश्वमा आत्महत्याको दर बढ्दै गएको पाइएको छ । आत्महत्या विभिन्न कारणले हुने गर्दछन् ।

अहिले आत्महत्या पनि मानिसको डरलाग्दो रोग जस्तै भएको छ । जीवनसँग हार खाएर होस्् वा अन्य केही कारण होस् मानिस आत्महत्यालाई मृत्युको सजिलो कारण बनाइरहेका हुन्छन् ।

यस्तै घटना भारतको अहमदाबादमा भएको छ । कक्षा ८ मा अध्ययनरत १६ वर्षीया युवतीले आत्महत्या गरेकी छन् । उनी कपडाको डोरी बनाएर झुण्डिएकी थिइन् । घरमा कोही नभएको मौका छोपेर ती युवती झुण्डिएकी हुन् ।

परिवारले प्रहरीलाई खबर गरेपछि ती युवतीको पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टमपछि आत्महत्या गर्नुको कारण खुलेको थियो । उनको गर्भमा दुई महिनाको बच्चा रहेको प्रहरीले जनाएको छ ।

आत्महत्याको कारण आफू गर्भवती भएपछि सामाजिक डर रहेको पाइएको छ ।

ती युवतीले को सँग सम्पर्क गरिन् वा घटना के भएको थियो केही खुलेको छैन । प्रहरी पनि प्रमाण फेला नपरेपछि समस्यामा छ ।

प्रतिक्रिया दिनुहोस्