प्रचण्डसँग बामदेवको गोप्य फोन रहस्य बाहिरियो


ओकेजनता डेस्क
१८ माघ २०७७, आईतवार

काठमाडौं । नेकपाका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख बामदेव गौतमले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबार फोन सम्पर्क गरेको खुलेको छ ।

फोनमार्फत् गौतमले आफूपनि छिट्टै आनदोलनमा होमिने बताएका थिए । कैलालीको धनगढीस्थित खुला मञ्चमा जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गौतमको फोन आफूलाई आएको बताएका थिए ।

फोनवार्तामा प्रचण्डले प्रतिगमनका विरुद्ध लड्न छिट्टै सडकमा आउन सुझाएको बताएका छन् । गौतमले पनि आफू एकताको पक्षधर भएको र तपाईंहरुलाई मिलाउने तर्फ अग्रसर हुने बताएका थिए ।

अन्ततः सहमति नहुने स्थिति आएमा ओलीको प्रतिगमनलाई साथ नदिने गौतमले बताएको प्रचण्डले स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्