तीन दिनमै फेरियो ओलीको बोली !


ओकेजनता डेस्क
१७ माघ २०७७, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनमै बोली फेरेका छन् ।

चितवनमा आयोजित आमसभामा उनले अबको तीन महिनाभित्र फ्रन्ट लाइनमा रहेकाहरुलाई खोप लगाउने र बाँकी सबैलाई क्रमशः २०२१ भित्र खोप लगाइसक्ने बताए ।

भारतबाट १० लाख खोप अनुदानमा पाएपछि नेपालले १४ माघमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु भएको थियो ।

खोप अभियान सुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई निःशुल्क कोरोना खोप दिने बताएका थिए ।

तर सरकारी अधिकारीहरुले नै खोप चरणवद्ध रुपमा प्राप्त हुने भएकाले नियमित अभियान चलाउँदा पनि जनसंख्याको ७२ प्रतिशत (बालबालिका बाहेक)लाई खोप दिन एक वर्षभन्दा बढी समय लाग्ने बताएका थिए ।

साथै भारतले अनुमादानमा दिएको १० लाख बाहेक बाहेक थप खोप आउने सुनिश्चित समेत भएको छैन ।

प्रतिक्रिया दिनुहोस्