धनगढी आमसभामा छोरा प्रकाशलाई सम्झिँदै भावुक बने प्रचण्ड


ओकेजनता डेस्क
१७ माघ २०७७, शनिबार

काठमाडौं । नेकपा दाहाल–नेपाल पक्षले कैलालीको धनगढीमा आयोजना गरेको बृहत्त जनसभामा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोरालाई सम्झेर भावुक बनेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना छोराछोरीमाथि अपमान गरेको बताउँदै आएका प्रचण्ड धनगढीमा भने भावुक बने । उनले भने, ‘म २०७४ सालको निर्वाचनमा केपी ओलीको निर्वाचन क्षेत्र झापामा मत माग्दै थिए, त्यतिबेला अप्रत्यासित खबर आयो प्रकाशको निधन । छोराले छाडेर गयो मेरो परिवार विक्षिप्त बन्यो । मैले जनताका छोराछोरी सम्झेर आँशु लुकाएँ । तर, प्रधानमन्त्री ओली निर्दयी रहेछन् बेला–बेला मेरै छोराछोरीमाथि अपमान गरिरहन्छन् ।’

प्रचण्डले थपे, ‘मेरा छोरीहरु जनयुद्धको समयमा लडाइँमा थिए, रोल्पा रुकुम हुन्थे । उनीहरु पनि परिवर्तनमा समाहित छन् । उनीहरुको अपमान गरेर ओलीले अर्को ठूलो भूल गर्दैछन् ।’

प्रतिक्रिया दिनुहोस्