लेखराज भट्ट दलालको पनि दलाल : प्रचण्ड


ओकेजनता डेस्क
१७ माघ २०७७, शनिबार

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री लेखराज भट्टलाई दलालको संज्ञा दिएका छन् ।

केपी ओली आफै दलाल भएको र त्यसमा महा दलाल लेखराज भट्ट थपिएको उनको तर्क छ । प्रचण्डले भने, ‘आफैले मन्त्री बनाएको मान्छे बरालिएछ, ठूलो मान्छे बनाए स्थान दिए अहिले बाटो बिरायो ।’

धनगढीको जनसभामा बोल्दै प्रचण्डले थपे, ‘अहिले सुदूरपश्चिमका जनताले त्यो दलालको भण्डाफोर गरेको देख्दा खुसी लाग्यो । मलाई कहीँ जनता बाटो बिराएर त्यता लाग्छन् की भन्ने चिन्ता थियो कति रात सुतिन पनि तर दलाललाई जनताले चिनेछन् ।’

प्रतिक्रिया दिनुहोस्