ओलीले मन्त्रीको चारो फ्याँकेर सुदूरपश्चिम फुटाउन खोजे : मुख्यमन्त्री भट्ट


ओकेजनता डेस्क
१७ माघ २०७७, शनिबार

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई फुटाउन खोजेको आरोप लगाएका छन् ।

एकतामा बाँधिएको सुदूरपश्चिमलाई मन्त्रीको चारो फ्याँकेर फुटाउन खोजेको उनले आरोप लगाए । धनगढीमा आयोजित जनसभामा बोल्दै भट्टले प्रतिनिधि सभा विघटनविरुद्ध सुदूरपश्चिम प्रदेश एकजुट हुनुपर्ने औँल्याए ।

प्रधानमन्त्रीले बेलाबेला का मगर्न पाएन भन्दै गरेको नौटंकी अहिले स्पष्ट भइसकेको भट्टको भनाइ छ । मुख्यमन्त्री भट्टले भने, ‘अहिले प्रधानमन्त्रीले के गरिरहनुभएको छ, अब त काम गर्नुपर्ने ? खाली उखान टुक्का गाउँदै मुलुकलाई भड्कालोमा फाले ।’

निर्वाचनमा जाँदै गर्दा जनतालाई दिएको बाचा, नेकपाको एकता दृढ बन्छ, जनताले मुक्ति पाउँछन् भन्दै गर्दा यो सपना प्रधानमन्त्री ओलीले चकनाचुर पारेको भट्टको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्