डा. भीम रावलभित्र लुकेको खुबी !


ओकेजनता डेस्क
१७ माघ २०७७, शनिबार

काठमाडौं । पछिल्लो समय नेकपा विभाजन हुँदा एक पक्षले अर्को पक्षलाई आरोपप्रत्यारोेप गर्ने होडबाजी नै चलेको छ । दुवै पक्षले सकेसम्म र भ्याएसम्म एकले अर्कोका भित्रि कमजोरीलाई छरपष्ट गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त डा. भीम रावलले नबोलेको र लेख्ने सञ्चारमाध्यमले समेत माफी मागिसेको विषयलाई अहिलेसम्म पनि अतिरञ्जित बनाइरहेका छन् ।

डा. रावलले भनेको भनिएको, महिलाको किड्नी बोकेकाले प्रधानमन्त्रीले चेत गुमाएका प्रसंगलाई प्रधानमन्त्री ओलीले लामो समयसम्म कोट्याए तर त्यो सरासर झुट थियो ।

डा. रावलले यो शब्द प्रयोग नगरेको समेत धेरै सञ्चारमाध्यमले प्रमाणित गरिसकेका थिए । यो एक संयोग मात्रै हो अहिले एकले अर्कोलाई कटाक्ष गर्ने क्रम अझै रोकिएको छैन ।

यहाँ, पूर्ववत एमाले रहँदा डा. भीम रावलको उपस्थिति र हैसियतका विषयमा केही प्रसंग केलाउन खोजिएको छ । एमाले होस् वा नेकपामा नेता डा. रावल र यादव शर्मा विदेशको कुटनीतिमा राम्रो दखल राख्ने नेताका रुपमा परिचित छन् ।

अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा कुराकानी गर्न र पत्र आदानप्रदानका निम्ति डा. रावल र शर्माको बढी भूमिका रहन्छ ।

अन्तर्राष्ट्रिय भाषा अंग्रेजी लेखनमा यी दुवै नेताले महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । अंग्रेजीमा अर्थको अनर्थ नलागोस् भनेर स्तरीय रुपमा भाषा सम्पादन गर्ने डा. रावल अग्रपंक्तिमा हुन्छन् । जसले भाषिक रुपमा हुने ससाना समस्यालाई निराकरण गरेका हुन्छ ।

अहिले पार्टी विभाजनपछि एकले अर्कोलाई सिध्याउने, गालीगलौज गर्ने शिलशिला कायम राखेपनि पूर्ववत रुपमा पार्टीमा सबैको निकै ठूलो भूमिका रहेको छ । डा. रावल अहिले सुदूरपश्चिममा आफ्नो बलियो पकड जोगाइराख्न उतैतिर केन्द्रीत छन् ।

उनले शुक्रबार अध्यक्ष माधवकुमार नेपाल र शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धनगढी विमानस्थलमा स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्