नेकपा जनसभा : धनगढीमा लाखौँको जनलहर


ओकेजनता डेस्क
१७ माघ २०७७, शनिबार

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलनरत नेकपा (दाहाल–नेपाल पक्ष)ले कैलालीमा आज बृहत्त जनसभा गर्दैछ ।

जनसभामा लाखौँ जनताको उपस्थिति रहने नेकपा सुदूरपश्चिम कमिटीले जनाएको छ । जनसभाको अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले गर्नेछन् ।

जनसभालाई प्रचण्ड, नेपालसहित प्रदेश इञ्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदमविरुद्धमा नेकपा दाहाल–नेपाल पक्षले देशभर विरोध प्रदर्शन गर्दै आएको छ ।

यसअघि नेकपाको केपी ओली समूहले पनि सोही स्थानमा जनसभा आयोजना गरेको थियो ।

संसद विघटन असंवैधानिक भएको भन्दै आन्दोलनरत दाहाल–नेपाल समूहले यही माघ १२ गते तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । तेस्रो चरणको आन्दोलनअनुसार यही माघ २८ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने सो समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्