७५ रुपैयाँ कमाउने र होटेलमा नाच्ने सलमानको कसरी बन्यो लोभलाग्दो जीवन ?


ओकेजनता डेस्क
१७ माघ २०७७, शनिबार

काठमाडौं । सलमान खानको अहिलेको जीवन हेर्दा लोभलाग्दो छ । उनी अहिले अर्बौँमा सयर गर्छन् । उनी अहिले नम्बर एक नायक पनि हुन् । भारतलयायत छिमेही देशहरुमा उनको निकै चर्चा हुन्छ र समर्थकहरु पनि धेरै भेटिन्छन् ।

उनको फिल्मले बाक्स अफिसमा नयाँ रेकर्ड पनि कायम गर्दछ । तपाईं हामीलाई उनको विगत धेरै जानकारी नहुन सक्छ । सलमानले कुनै बेला आफ्नो पहिलो तलब वापत ७५ रुपैयाँ बुझेका थिए ।

सलमान खानले एक आफ्नो अन्तर्वार्तामा सो कुरा बताएका छन् । सलमानले सोही अन्तर्वार्तामा पहिलो फिल्म प्यार कियामा उनको तलब ७५ रुपैयाँ रहेको बताए । ताज होटलमा कुनै एक शो मा सलमानले पछाडि डान्स समेत गरेका थिए ।

सलमानका एक साथी ताजमा डान्स गर्थे र उनलाई तिनै साथीले नाच्नका लागि सिफारिस गरेका थिए । सलमान अहिले बिगबासमा होस्टको भुमिकामा छन् । उनले त्यहाँबाट करोडौँ रकम लिने गरेका छन् ।

एक समय ७५ रुपैयाँ बुझ्ने र ताज होटेलमा डान्स गर्ने सलमान अहिले विश्वमै चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्