बंगलादेशद्वारा १ हजार ७ सय ५० रोहिंग्या स्थानान्तरण


ओकेजनता डेस्क
१७ माघ २०७७, शनिबार

एजेन्सी । बंगालको खाडी नजिकै रहेको एक विवादास्पद टापूमा करिब एक हजार ७ सय ५० रोहिंग्या शरणार्थीलाई सारेको बंगलादेशका अधिकारीहरूले बताएका छन् ।

उक्त टापू सुरक्षाका दृष्टिले जाखिमयुक्त रहेको भनी कतिपय शरणार्थीले बताइरहेको समयमा बंगलादेशले शरणार्थी स्थानान्तरण गरिएको हो ।

म्यानमारको सीमानामा रहेको बंगलादेशको कोक्स बजारस्थित शिविरबाट शुक्रबार र शनिबारमा करिब तीन हजार शरणार्थीलाई स्थान्तरण गर्न लागिएको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

मानव अधिकारवादी समूहले दावी गरेजस्तै शरणार्थीलाई स्थानान्तरण गरी लग्न लागिएको भसन चार टापूमा कुनै समस्या नरहेको सरकारी अधिकारीको भनाइ रहेको छ ।

सन् २०१७ मा भएको बौद्धमार्गी तथा मुसलमान समुदायबीच झडप भएको भन्दै म्यानमारको सेनाले चलाएको कारबाहीपछि रखाइन राज्यलगायतका स्थानका अल्पसंख्यक मुसलमान समुदायबाट विस्थापित बनी करिब १० लाख रोहिंग्याहरू खासगरी बंगलादेश, भारत, नेपाल, मलेसिया, इन्डोनेसियालगायत स्थानसम्म पुगेको संयुक्त राष्ट्र संघीय मानव अधिकार मामिला निकायको तथ्यांक रहेको छ ।

बंगलादेश सरकारले करिब एक लाख शरणार्थीलाई बंगालको खाडी नजिक रहेको भसन चार टापूमा बनाइएको शिविरमा सार्ने बंगलादेश सरकारको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्