काठमाडौं । महिलामाथि हुने हिंसाका घटनाले अहिले हत्याको रुप लिन थालेको छ । बढ्दो आधुनिकतासँगै विभिन्न खालका घटना घटिरहेका हुन्छन् ।
कसैले सामाजिक सञ्जालमा लेखेर आत्महत्या गर्ने, कसैले लाइभ आत्महत्या गर्ने त कसैले थाहा नपाउने गरी आत्महत्या गर्ने गर्दछन् ।
तर, जीवनसँग संघर्ष गरिरहेकाहरुलाई पनि केही दुष्ट मानसिकता बोकेका व्यक्तिहरुले हत्या गरिदिन्छन् । यस्तै घटना भारतको उत्तर प्रदेश मिर्जापुरमा भएको छ ।
सेनाको जवानकी श्रीमतीको सुतिरहेको अवस्थामा हत्या भएको छ । उनको घाँटी रेटेर हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
महिलाका आफन्तले उनको हत्या उनका पतिले गरेको आरोप लगाएका छन् । ती सेनाका जवान छुट्टीको समयमा घर आएका थिए । त्यो घटना भएको बेला उनी घरमै रहेका थिए ।
उनीहरुकी १८ महिनाको छोरी छन् । अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतक महिलाका श्रीमानलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।