ओलीले मेरा छोराछोरीको अपमान गरे, म नपुंसक भइन : प्रचण्ड


ओकेजनता डेस्क
१६ माघ २०७७, शुक्रबार

काठमाडौ । नेकपा (दाहाल–नेपाल पक्ष)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफूमाथि अत्याचार भएको बताउनुभएको छ ।

विराटनगरमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै दाहालले ओलीले आफ्ना सन्तानको प्रसंग निकालेर हुर्मत लिइरहेको भन्दै न्याय दिन जनता समक्ष आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीप्रति तीव्र आक्रोशमा देखिएका दाहालले आफ्ना छोराछोरीले गणतन्त्रका लागि बन्दुक बोकेको तर आज ओलीले अपमानित गरेको बताउनुभयो । ओलीले आफ्नो विरोध गरेर राजा–महाराजा र तीनका भरौटेहरुलाई साथ दिएको दाहालको आरोप छ ।

अर्का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिदिएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले ओहोदाको दुरुपयोग गरेको र संविधान मिच्ने काम गरेको नेता नेपालको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्