कोरोनाबाट धेरैलाई बचाएकी रमा आफै अस्ताइन्, शोकमा बिदा


ओकेजनता डेस्क
१६ माघ २०७७, शुक्रबार

काठमाडौं । बाँकेमा कोरोना भाइरस संक्रमणबाट स्वास्थ्यकर्मी रमा भारतीको मृत्यु भएको छ ।

भारती बाँकेस्थित बैजनाथ गाउँपालिकामा रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी (छैठौं तह) मा कार्यरत हुनुुहुन्थ्यो । उहाँको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आज बिहान ८ बजे मृत्यु भएको हो ।

यसैबीच, भारतीको निधनमा बैजनाथ गाउँपालिकाले शुक्रबार पालिकासहित अन्तर्गतको वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाह एक दिनका लागि बन्द गरेको छ ।

अधिकृत डोटी नेपालीले विज्ञप्ति जारी गर्दै एकदिनका लागि सेवा बन्द गरिएको जानकारी दिनुभएको छ ।

गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले पनि विज्ञप्ति जारी गर्दै मृतक राष्ट्र सेवक कर्मचारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्