मुख्यमन्त्री राई बुढीसङग रमाए, आज भव्य पार्टी


ओकेजनता डेस्क
१६ माघ २०७७, शुक्रबार

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गत माघ ११ गते विवाह गरे ।

काठमाडौंमा विवाह गरेका राईले माघ १६ गते (आज) शुक्रबार विराटनगरमा पार्टी दिँदैछन् ।

४९ वर्षे राईले २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग गरेको विवाहलाई लिएर विभिन्न चर्चा चलिरहेको छ ।

आधा उमेर कम भएकी युवतीसँगको विवाहलाई कतिले विकृती मानेका छन् त कतिले माया प्रेममा उमेर हेरिँदैन, व्यक्तिगत कुरा हो भन्ने खालका टिप्पणीहरु पनि गरेका छन् । चर्चा परिचर्चाकै बिचमा बुधबार एउटा भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा मुख्यमन्त्री राई र शेर्पा हँसिलो मुद्रामा विभिन्न पोशाकमा एक अर्कालाई माया गर्दै गरेको देखिएका छन् ।

फूलबारी, भीर पाखा र होटलमा एकले अर्कोलाई औंठी लगाइदिएर अंगालोमा बाँध्दै गर्दा जातिगत पोशाक लगाएका छन् ।

यो भिडियो युट्युबमा जाङ्मुको एकाउण्टबाट पोष्ट भएको छ । https://youtu.be/7vpfj6D14jw

प्रतिक्रिया दिनुहोस्