अस्पतालको आइसीयुमा पर्दा लगाएर २२ वर्षीया युवती बलात्कृत


ओकेजनता डेस्क
१६ माघ २०७७, शुक्रबार

काठमाडौं । महिलामाथि हुने यौन दुव्र्यवहारका घटनाहरुमा बढोत्तरी हुँदै गएको पाइन्छ । नेपालमा होस् वा अन्य मुलुकमा पुरुषको तुलनामा महिला पीडित छन् ।

महिलालाई सार्वजनिक स्थानमा हिडडुल गर्न समेत समस्या हुने गर्दछ । उनीहरुको पहिरन लवाइखवाइ हेरेर समेत सार्वजनिक स्थानमै टिकाटिप्पणी हुने धेरै मुलुक छन् । मुस्लीम देशमा त महिलालाई झन कडाइ छ । बुर्का पहिरिएर मात्रै उनीहरु हिडडुल गर्दछन् ।

पछिल्लो समय भारतमा पनि महिला असुरक्षित हुने गरेको पाइएको छ । भारतको हरियाणास्थित पानीपतमा २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । सामूहिक बलात्कारपछि ती युवतीले मानसिक सन्तुलन समेत गुमाएकी छन् ।

आइसीयूमा उपचार गराइरहेकै बेला ती युवतीमाथि बलात्कार भएको थियो । अहिले उनीमाथि सामूहिक बलात्कार भएको मुद्धा प्रहरीले दर्ता गरेको छ । ती युवतीको रक्तचापमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । आइसीयूमा भर्ना भएकी युवतीमाथि त्यहीँ कार्यरत कर्मचारीले बलात्कार गरेको आरोप परिवारको छ।

जनवरी २६ तारिखका दिन आइसीयूमा काम गर्ने एक स्टाफ घर गएनन् । त्यहीँ रात ती कर्मचारीले युवतीको बेड वरिपरि पर्दा लगाएका थिए । त्यसपछि ती कर्मचारीले युवतीलाई बलात्कार गरे । पछि अर्को कर्मचारी आएर समेत बलात्कार गरे ।

दोस्रो दिन बिहान ती युवतीले आफ्नो परिवारलाई सबै जानकारी दिएकी थिइन् । त्यसपछि परिवारले प्रहरीलाई जानकारी दिएको थियो । अहिले एक आरोपी पक्राउ परेका छन् । एकजना फरार छन् ।

प्रतिक्रिया दिनुहोस्