काठमाडौं । आज निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई आयोगमा आउन भनेको छ । बिहान ११ बजे नेकपाका दुवै पक्ष निर्वाचन आयोग जान लागेका छन् ।
आयोगले निर्वाचन तयारीको समिक्षा र दल दर्ता, चुनाव चिन्ह लगायतका विषयमा दुवै टोलीलाई छलफलका लागि बोलाएको जनाएको छ ।
आज दाहाल–नेपाल पक्षबाट आयोगमा माधवकुमार नेपाल, पुष्पकमल दाहाल, सुरेन्द्र पाण्डे लगायतका नेता जाँदैछन् ।
नेकपा ओली पक्षबाट महेश बस्नेत, गोकुल बास्कोटा, सुर्य थापालगायतका नेताहरु आयोग जानेछन् ।