‘क्वीक डिसिजन’का लागि बोलायो आयोगले नेकपालाई, अब यस्तो हुन्छ !


ओकेजनता डेस्क
१६ माघ २०७७, शुक्रबार

काठमाडौं । आज नेकपाका दुवै पक्षलाई छलफलका लागि निर्वाचन आयोगले डाकेको छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले छलफलका लागि बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी छलफल गर्न आज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५–५ जनालाई बोलाइएको जानकारी दिए ।

आयोगले पठाएको पत्रमा नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन । तर अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोग स्रोतले बतायो ।

यसअघि नेकपाका दुबै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा निवेदन दिएका थिए । तर ती निवेदनमा दुबै पक्षको दावी नपुग्ने निर्णय आयोगले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्