प्रदेश १ र बागमती प्रदेशमा यी अनुहार मुख्यमन्त्री बन्दै


ओकेजनता डेस्क
१६ माघ २०७७, शुक्रबार

काठमाडौं । यतिबेला बागमती र प्रदेश नम्बर एकमा मुख्यमन्त्री कसलाई बनाउने भन्नेमा दौड शुरु भएको छ । प्रदेश १ मा नेपाल–दाहाल पक्षले भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् ।

ओली पक्षले मुख्यमन्त्रीका लागि कांग्रेससँग सहकार्य गर्ने नीति अख्तियार गरेको छ । प्रदेश १ मा हालका मुख्यमन्त्री शेरधन राईलाई नै कायम राखेर बागमती प्रदेशमा कांग्रेसले आफ्नो पार्टीबाट मुख्यमन्त्री बन्नुपर्ने बताएको छ ।

यस विषयमा कांग्रेस आन्तरिक छलफलमा छ । सभापति शेरबहादुर देउवाले बागमती प्रदेशमा आफ्नो पार्टीको मुख्यमन्त्री बनाउनुपर्ने दाबी गरेका छन् । यता कांग्रेसभित्रैको रामचन्द्र पौडेल पक्ष्ले भने देउवाको प्रस्ताव अस्वीकार गरेको छ । पौडेलले अबको दुई वर्ष सत्ताको आश नगरी प्रतिपक्षमै बस्नुपर्ने अडान लिँदै आएको छ ।

कांग्रेसभित्र पनि देउवाले प्रधानमन्त्री ओलीसँग मिलरे पार्टीले पाउने र दाबी गर्ने हरेक निकायमा आफ्ना मान्छे सिफारिस गरेका छन् । यो विषयमा पनि पौडेल पक्ष असन्तुष्ट छ । मुख्यमन्त्रीको लागि देउवा पुनः एकल निर्णय लाद्ने सोचमा रहेको कांग्रेसका एक नेताले बताए ।

बागमती प्रदेशमा कांग्रेसको मुख्यमन्त्री बनाउनेमा देउवा दौडधुपमा छन् । प्रदेश १ मा भने नेपाल–दाहाल पक्षले भीम आचार्यलाई नै मुख्यमन्त्री बनाउने अठोट गरेका छन् । प्रदेश १ को सातौँ अधिवेशनमा पनि मुख्यमन्त्रीकै विषयमा तनाव हुने स्थिति देखिएपछि ३ मिनेट बसेर स्थगित भएको थियो ।

यो पनि
१ सय १० सांसद रहेको बागमती प्रदेशमा सरकार जोगाउन र बनाउन ५६ सांसदको आवश्यक पर्छ । ओली पक्षसँग ३६ सांसद देखिएका छन् भने प्रचण्ड–नेपाल ४४ सांसद छन् । पछिल्लो सिमय प्रचण्ड–नेपाल तीन सांसद ओली पक्षतिर र ओली पक्षका एक सांसद प्रचण्ड–नेपाल समूहतिर लागेका अवस्था छ ।

मुख्यमन्त्री पौडेललाई सरकार बचाउन थप २० सांसद आवश्यक पर्नेछ भने शाक्यलाई सरकार बनाउन १२ सांसद आपुगे देखिन्छन् । २२ सांसद रहेको काँग्रेस निर्णायक देखिएको छ । विवेकशील साझाका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र सांसद एक सांसद प्रचण्ड–नेपाल समूहसँग मिले पनि प्रदेश सरकार गठन हुन सक्दैन भने उनीहरुले मुख्यमन्त्री पौडेललाई समर्थन गरे पनि सरकार जोगिने अवस्था छैन ।

यस्तै प्रदेश १ का ९३ सांसदमध्ये ओली पक्षीय मुख्यमन्त्री शेरधन राईलाई सरकार बचाउन आफ्नो पक्षमा ४७ सांसद आवश्यक पर्छ । प्रदेश १ मा ६७ सांसद रहेको नेकपाका दुई समूह सरकार जोगाउने र गिराउने कसरतमा छन् ।

राईलाई सरकार टिकाउन १४ जना सांसद चाहिएको छ भने प्रचण्ड–नेपालका भीम आचार्यलाई मुख्यमन्त्री बन्न १२ सांसदको समर्थन खाँचो छ ।

अविश्वासको प्रस्ताव दर्ता गराउने प्रचण्ड—नेपाल पक्षका ३५ सांसद छन् भने ३२ जना सांसद ओली पक्षमा उभिएको पाइन्छ । एक दुई जना सांसदले समूह अदल–बदल गरेपनि काँग्रेसको साथ विना दुवै समूहले सरकार जोगाउन र बनाउन सक्ने अवस्था छैन । प्रदेश– १ मा नेकपा विभाजन हुँदा २१ सांसद रहेको काँग्रेस निर्णायक छ ।

प्रतिक्रिया दिनुहोस्