काठमाडौं । देशको पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसबाहेक अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने मौसमविदले जनाएका छन्।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
शुक्रबार राति पनि देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा शुक्रबार राति पनि हल्का हिमापातको संभावना रहेको महाशाखाले जनाएको छ।
पहाडमा हिमापातको संभावना रहेको साथै तराईका भूभागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।