तपाईंहरुको आन्दोलन पनि कुर्सीकै लागि हो कमरेड ! : नवीना लामा


ओकेजनता डेस्क
१५ माघ २०७७, बिहीबार

काठमाडौं । नेकपा ओली पक्षका नेता नवीना लामाले नेपाल–दाहालको सडक आन्दोलन पनि कुर्सीकै लागि भएको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नवीनाले सबैले मेहनत, त्यागले आएको व्यवस्थालाई संस्थागत गर्न निर्वाचन उत्तम विकल्प भएको उनको ठहर छ ।

उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस यस्तो छ ।

‘साथीहरूको कुरा धेरै पटक पढ़े, सुने, केही लेख्न मन लग्यो । अफनै कमरेडहरूँ संग किन दोहरी खेल्ने ? पार्टी एकता गर्नु पर्छ ढÞिलो चाढ़ो भन्ने पक्षको हो! सधै एककोहोरो प्रतिगमन बन्छ के बन्छ ..,! नेपालको राजनीति इतिहासमा संसद विघठन पहिलो त होइन । चुनावको मिति तोकिको छ । जनतामाझ जाऔ । इतिहास जित्ने हरूले लेख्ने हो चुनाव जीतेपछि माननीय संसद भईहल्छ नि !सडकमा कराएर घाटी कमजोर नबनाउनु होला ! हामी पनि सविधानप्रेमी हो ।लोकतन्त्रप्रेमी हो ! लोकतन्त्रको माया हामीलाई पनि छ! किनभने हामी सवैले लडेर ल्यएको हो ! यो परिस्थिति आऊनु दूर्वाग्य हो ! यस्को दोस नेकपाको नेतृत्व हो । पी.एम. केपि ओली प्रतिगामी हो भन्ने तर्क गरीरहदा नेपालको राजनीतिकमा यसको अर्थ छैन । हामीले राम्रो संग चिनेको छ यहाँहरूँलाई तपाईहरूँको सडक अन्दोलन पनि कुर्सीको लागी हो नि कमरेड!’

प्रतिक्रिया दिनुहोस्