प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित आफै उपस्थित हुन सर्वोच्चको आदेश


ओकेजनता डेस्क
१५ माघ २०७७, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित हुन आदेश भएको छ ।

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन सर्वोच्चले आदेश दिएको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ?

भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्