सर्वोच्च अदालतमा अञ्जु पन्तको गीतको प्रवेश


ओकेजनता डेस्क
१५ माघ २०७७, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज अञ्जु पन्तको गीतले चर्चा पाएको छ ।

‘न बिर्से तिमिलाई, न पाए तिमिलाई’ कोलको गीतले चर्चा पाएको हो । आज वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले अञ्जु पन्तको गीत स्मरण गरे ।

अञ्जु पन्तले गाएको ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीतको प्रसंगसँग जोड्दै घिमिरेले भने, ‘दुई–दुई वटा संविधान सभाले बनाएको संविधान न बिर्सन सकिन्छ, न संविधान पाएको जस्तो भयो यो विघटनले ।’

केही दिन अगाडि वरिष्ठ अधिवक्ता शम्भु थापाले उर्दू गजलका शेर वाचन गरेका थिए ।

आफ्नो बहसको निष्कर्षमा घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै खारेजीको माग गरे ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसमा भाग लिनेहरुका लागि आजबाट १५ मिनेटको समय तोकिदिएका छन् ।

वरिष्ठ अधिवक्ता घिमिरेले १५ मिनेटभित्रै आफ्नो बहस सके ।

प्रतिक्रिया दिनुहोस्