काठमाडौं । नेकपा दाहाल–नेपाल पक्षले माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउने दाबी गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको बैठकमा अबको काठमाडौं केन्द्रित जनप्रदर्शनलाई इतिहासकै ठूलो बनाउनेबारे छलफल भएको हो ।
बैठकमा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनले देशब्यापी जागरण पैदा गरेको बताएका थिए ।
आन्दोलनलाई अझ प्रभावकारी बनाउन जनपरिचालन गर्नुको विकल्प नरहेको नेताहरुलाई उदृत गर्दै केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।
संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको प्रतिवपाद गर्न तयार रहनसमेत प्रचण्ड र माधव नेपालले कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बैठकमा दुवै नेताले निर्वाचन आयोगको निर्णयबाट द्विविधा नरहेको भन्दै दुई तिहाई बहुमत आफूहरुसँग रहेकाले त्यहि अनुसार निर्वाचन आयोगले पनि उल्लेख गरेको बताएका थिए ।