बामदेव हारको घाउ आलै छ, ओलीले त्यहीँ घाउ कोट्याउनै खोजेका हुन ?


ओकेजनता डेस्क
१५ माघ २०७७, बिहीबार

कल्पना शाह


काठमाडौं ।
अहिलेको नेकपा विभाजनको अवस्थालाई हेर्दा अरुणा लामाको गीत ठ्याक्कै मेल खान्छ । अरुणा लामाले आफ्नो खुसीलाई सम्हाल्न धेरै प्रयत्न गरेकी छिन्, मायालाई सिलाएकी छिन् तर जति सिलाउँदा, जति टाल्दा पनि त्यो पूरा भएको देखिदैन । अन्ततः उनी विरहमा पर्छिन् ।

उनको गीतको अंश


पोहर साल खुसी फाट्दा जतन गरी मनले टाले
यहीँ साल माया फाट्यो त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो …

नेकपा नेपालको अहिलेको ठूलो दल हो ऊ सत्तामा आसिन छ । नेकपाको एक पक्ष सत्तामा र एक पक्ष सडकमा देखिएको छ । मन मिलेर २०७५ सालमा एक भएको नेकपा अहिले मन फाटेर अलग्गिएको छ । बीचमा नेकपाभित्र धेरै उतारचढाव पनि आए । एकले अर्काको अस्तित्व समेत स्वीकार्न नसक्ने स्थिति बन्यो । अहिले सोही शिलशिला कायम छ ।

नेकपाले आफ्नो ७१ वर्षे विरासतलाई क्षणभरमै तुहाएको छ । यतिबेला पार्टीको झगडाका कारण संसद बन्दी भएको छ । प्रतिनिधि सभा विघटनको अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले काम गर्न नपाएको भन्दै प्रतिनिधि सभाको विघटन गरेका छन् । उनी चाहान्छन्, पुनः जनताका माझ गएर ५० लाख मत प्राप्त गरु, उनको दिवासपनालाई धेरैले हाँसोमा उडाएका छन् । एकातिर सरकारले धेरै काम गरेको छ भन्ने, अर्कोतिर कामै गर्न पाएन भन्ने ओलीको द्वीअर्थी बोलीमा सत्यता नभएको नेकपा दाहाल–नेपाल पक्षको भनाइ छ ।

अब निर्वाचन आउन दुई वर्ष मात्रै बाँकी थियो । त्यसमा सत्ता समिरकण गरेर अगाडि बढ्न सकिन्थ्यो । पुनः जनताका सामू एकजुट भएर निर्वाचनमा गई फरक जनादेश ल्याउन सकिन्थ्यो तर, त्यो हुन सकेन । अहिले उल्टै पार्टीको झण्डा र निर्वाचन चिन्हको विषयमा विवाद झिकिएको छ । निर्वाचन आयोगको पछिल्लो निर्णयले ओली सकसमा परेका छन् । न उनी पार्टी फुटाएर जाने हैसियतमा छन् न त पार्टीभित्र बहुमत नै छ ।

नेकपा वैधानिक रुपमा अलग्गिएको छैन । अझै निर्वाचन आयोगले केही मार्ग प्रशस्त गरिदिएको छ । तर, अब निर्वाचन आयोगमा जाँदा आयोग निर्णय गर्न बाध्य हुनेछ । बाहिरी रुपमा हेर्दा सत्ता समिकरणमै भागबण्डा नमिल्दा समस्या देखिन्छ । आलोपालो वा पार्टीको सिद्धान्त अनुसार सबै गएको भए यो घटनाको पटाक्षेप हुने थियो ।

बुधबार बामदेव गौतमले नेकपा एकीकरणको राष्ट्रिय अभियानको सुत्रपात गरे । उनी यसपाली जसरी भएपनि पार्टी एकता गराउन उद्दत छन् । अघिल्लो पटक निर्वाचनमा पराजय व्यहोरेको उनको घाउ अझै आलै छ । त्यो बीचमा उनले खेपेका समस्याका विषयमा उनी जाहेर छन् । हार्नुको पीडा उनलाई राम्रोसँग थाहा छ । नत्र अहिले अझै स्वार्थ हेर्थे भने सरकारमा जानलाई बामदेवलाई कसैले छेकेको छैन ।

२०७४ सालको नारा र अहिलेको समय परिवर्तन भइसकेको छ । भारतले गरेको नाकाबन्दी र एमालेका प्रभावशाली नेताहरुले सम्हालेका मन्त्रालयको सहयोगमा प्रधानमन्त्रीले लिएको अडानका कारण जनमत आएको हो । अहिले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारत जाँदाको दृष्यले पनि नेपाल कमजोर भएको उजागर गरेको छ । अब जनताले भूमि ल्याउँछु, पानी जहाज ल्याउँछु भन्दा पत्याउने छैनन् ।

कोरोना महामारीका बीच सीमामा खुला आकाशमा बितेका रात जनताले बिर्सेका छैनन्, काठमाडौंबाट भोकभोकै पैदल यात्रा हिडेका खुट्टा अझै थाकिएका छैनन्, १० महिना अगाडि निभेको चुल्हो अझै धिरमिर छ । यसपाली जनताले निकै पीडा बोध गरेका छन् । त्यो पीडा मेटाउन सक्ने हैसियत एक्लै सरकारले राख्दैन । यी सबै विषय बाहिर बसेर बामदेव गौतमले बुझेका छन् ।

सरकारमा बस्दा न खाते देखिन्छ, न सडक बालबालिका देखिन्छन् न भोका पेटहरु देखिन्छन् । तर, बाहिर बसेका बामदेवले यी सबै देखेका छन् त्यै भएर एकताका लागि जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्