गुडिरहेको यात्रुवाहक बसमा आगलागी, ५३ जनाको मृत्यु, २९ गम्भीर


ओकेजनता डेस्क
१५ माघ २०७७, बिहीबार

काठमाडौं । क्यामरुनमा एक यात्रुवाहक बसमा आगलागी भएको छ ।

बसमा लागेको आगोमा परी ५३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । २९ जना गम्भीर घाइते भएका छन् ।

पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत आगलागी भएको हो ।

सो दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परेको बसमा ७० सिट रहेको थियो ।

सरकारी अधिकारीहरूले दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्