काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख चिनारी खप्तड घुम्न ‘हेली टूर’ शुरु गरिएको छ ।
प्रदेशको प्रमुख धार्मिक पर्यटकीय स्थल समेत रहेको खप्तड घुम्न ‘हेली टुर’ शुरु भएको छ ।
खप्तडको प्रवेशद्वार झिग्रानामा रहेको ‘खप्तड होमस्टे’ को आयोजनामा ‘हेली टुर’ शुरु भएको हो ।
बुधबार पहिलो दिन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टसहित २० जना बढी खप्तड पुगेका छन् ।
खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले हिउँदेयामको दृष्य कैद गर्न इच्छुकहरूका लागि ‘हेली टुर’ शुरु गरिएको जानकारी दिए ।
खड्काले हेलिकोप्टरमार्फत खप्तड घुम्नका लागि पाँच किसिमका प्याकेज रहेको बताए ।
धनगढी, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड घुम्नका लागि छुट्टाछुट्टै प्याकेज ल्याइएको छ ।
मनोरम दृष्यसहितको आनन्ददायी खप्तडमा ‘हेली टुर’ शुरु भएसँगै पर्यटकको आगमन बढ्ने आशा खड्काको छ ।
सुदूरपश्चिम प्रदेशको चिनारी खप्तडको जगेर्ना र प्रचारप्रसार गर्न सके प्रदेशको गरिमा बढ्ने र आयआर्जनको वातावरण सिर्जना हुने खड्काको भनाइ छ ।